सुदूर नेपाललाई विश्वसँग जोड्दै

मालपोत धनगढीका नासु चौधरीको स्पष्टोक्ती– सञ्चो नभएर सोफामा पल्टिएको हुँ

२०७९ असार १४, १०:२० खबर संवाददाता

धनगढी: भूमिसुधार तथा मालपोत कार्यालय धनगढीका कर्मचारीले बिरामी भएर कार्यालय प्रमुखको कार्यकक्षको सोफामा पल्टिएको स्पष्ट पारेका छन्। नायब सुब्बा राजेश चौधरीले आफू विगत लामो समयदेखि बिरामी भएकाले सोमबार काम गर्न नसकेको अवस्थामा त्यहाँ आराम गरिरहेको बताएका हुन्।

‘कार्यालय प्रमुख विदामा भएकाले मुद्दा फाँटबाट सेवाग्राहीले दुःख पाइरहेको मलाई ज्ञात भएपनि मेरो पदले प्रमाणित गर्न नमिल्ने मलाई रजिस्ट्रेशन फाँटको  अधिकार दिएकाले मैले चाहेर पनि सेवा गर्न सकिन’ उनले भनेका छन्। 

सोमबार विहान १०ः४५ तिर दिनेशखबरको टिम रिपोटिङ्गका लागि भूमिसुधार तथा मालपोत कार्यालय धनगढीमा पुगेको थियो। टिम कार्यालय प्रमुखको कार्यकक्षमा पुग्दा कार्यालय प्रमुख कार्यकक्षमा थिएनन्। तर, त्यहाँ चौधरी सोफामा पल्टिरहेको अवस्थामा भेटिएका थिए। 

सम्बन्धित समाचार:
धनगढीमा मालपोतका कर्मचारीलाई हाइसञ्चो, कार्यकक्ष छोडेर ‘हाकिम’को कोठामा मस्त

कमेन्ट लोड गर्नुस