सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मालपोतका कर्मचारीलाई हाइसञ्चो, कार्यकक्ष छोडेर ‘हाकिम’को कोठामा मस्त

२०७९ असार १३, ०७:०५ टेकसिंह धामी

धनगढीः आज (सोमबार) विहान १०ः४५ तिर दिनेशखबरको टिम रिपोटिङ्गका लागि भूमिसुधार तथा मालपोत कार्यालय धनगढीमा पुग्यो। हामी कार्यालय प्रमुखसँग भेट्ने गरि त्यहाँ पुगेका थियौं। 

हाम्रो टिम कार्यालय प्रमुखको कार्यकक्षतर्फ पस्यो। त्यहाँ पुग्दा कार्यालय प्रमुख कार्यकक्षमा थिएनन्। तर, त्यहाँ एक कर्मचारी सोफामा मस्त पल्टिरहेको अवस्थामा भेटिए। उनी थिए भूमिसुधार तथा मालपोत कार्यालय धनगढीमा कार्यरत नायब सुब्बा राजेश चौधरी।  हामीले ती सुब्बा चौधरीसँग जिज्ञासा राख्यौं, ‘हाकिम साप कता हुनुहुन्छ ?।’  उनले जबाफ दिए, ‘उहाँ आउनु भएको छैन।’ हामीले कारण सोध्यौ ‘किन ?’ उनले पल्टिएकै अवस्थामा भने, ‘हाकिम साप बिरामी हुनुहुन्छ।’ 

उनले उठ्ने नामै लिएनन्। बरु हामीले तपाईं हाकिम सापको कोठामा किन सुतेको भनेर प्रश्न गर्दा उनले आफू पनि बिरामी रहेको र त्यसैले हल्का पल्टिएको हुँ भनेर जबाफ फर्काए। हामी त्यहाँबाट उनको तस्बिर कैद गरेर निस्कियौं। तर, उनी करिब आधा घण्टाको समयपछि मात्रै आफ्नो कार्यकक्षमा फर्केका थिए। अचेल भूमिसुधार तथा मालपोत कार्यालय धनगढीका कर्मचारीलाई हाइसञ्चो भएको त्यहाँ भेटिएका एक सेवाग्राहीले बताए। अधिकांश कर्मचारी कार्यकक्षमै निदाउने गरेको उनले गुनासो गरे।
 

टेकसिंह धामी, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस