सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीकी एक महिलाले कान्द्रा नदीमा हाम फालिन् 

फाइल फोटो
फाइल फोटो
२०७९ असार १३, ०७:४१ खबर संवाददाता

धनगढी: कैलालीकी एक महिलाले कान्द्रा नदीमा हाम फालेकी छिन्। आइतबार साँझ ७ बजेर ४० मिनेटको समयमा भजनी नगरपालिका-५ की ४० वर्षीया रीमा डगौराले लालबोझीस्थित कान्द्रा नदीमा हाम फालेकी प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनी नदीमा हाम फालेर बेपत्ता भएकी भन्दै उनका आफन्तले प्रहरीमा खबर गरेका थिए। डगौराको खोजी कार्य भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। 


 

कमेन्ट लोड गर्नुस