सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाललाई अबको ८/१० वर्ष पूर्वाधारको क्षेत्रमा लगानी चाहिएको छ : गगन थापा

२०७८ चैत्र १३, ११:०३ खबर संवाददाता

काठमाण्डौँः सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई पूर्वाधारको क्षेत्रमा लगानी चाहिएको बताएका छन्।

आज आइतवार १० औँ गैरआवासीय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालमा अबको आठ-दश वर्ष पूर्वाधारको क्षेत्रमा ठूलो लगानी चाहिएको बताएका हुन्। उनले नेपालको कृषि बजारमुखी हुने र मानिसहरूलाई बाहिर पठाउनाले पनि अर्थतन्त्रमा असर परिरहेको स्पष्ट पारे। 

आन्तरिक स्रोतको परिचालनले मात्रै पूर्वाधारको विकास गर्न नसकिने भन्दै महामन्त्री थापाले बाह्य लगानी भित्र्याउनुपर्ने बताए।

उनले भने, ‘अब आठ÷दश वर्ष हामीलाई पूर्वाधारमा ठूलो लगानी चाहिएको छ। कनेक्टिभिटी हाम्रो लागि एकदमै ठूलो चुनौती हो। हामीसँग भएको स्रोत, आन्तरिक स्रोत सम्पूर्ण रूपमा परिचालन गर्दा पनि बाहिरको स्रोत नल्याइकन, बाहिरबाट स्रोत परिचालन नगरिकन पूर्वाधार तयार गर्न गाह्रो छ।’

कार्यक्रममा महामन्त्री थापाले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न दिनुपर्ने बताए। गैरआवासीय नेपालीहरूको लगानीसँग नेपालीहरू डराउन नहुने उनले बताए।

 उनीहरूलाई नेपालमा लगानी गर्न दिनका लागि नेपालका नेतृत्वले आत्मविश्वास देखाउनुपर्ने महामन्त्री थापाको भनाइ छ। 
 

कमेन्ट लोड गर्नुस