सुदूर नेपाललाई विश्वसँग जोड्दै

अपेन कैलाली जिल्ला समिति गठन, अध्यक्षमा शंकरबहादुर मल्ल

२०८३ साउन १०, ०५:४६ खबर संवाददाता

धनगढी: नेपाल पूर्वप्राथमिक शिक्षक संघ (अपेन) सुदूरपश्चिम प्रदेशको पहलमा कैलाली जिल्ला समितिको गठन गरिएको छ। धनगढीमा आयोजित जिल्ला भेलाबाट शंकरबहादुर मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

नवनिर्वाचित समितिको उपाध्यक्षमा अच्युत दाहाल र सृष्टि हुमागाई मल्ल, सचिवमा सरिता शाह, कोषाध्यक्षमा सुनीता पडाल तथा सह–सचिवमा सपना बोहरा चयन भएका छन्। समितिमा अन्य सदस्यहरू पनि समावेश गरिएको जनाइएको छ।

भेलाले एपेन कैलालीका लागि सल्लाहकार समिति समेत गठन गरेको छ। सल्लाहकार समितिको संयोजकमा सुजित शर्मा चयन भएका छन् भने सदस्यमा ओमप्रकाश सिंह लगायतलाई जिम्मेवारी प्रदान गरिएको छ।

नवनिर्वाचित समितिले कैलाली जिल्लामा प्रारम्भिक बालविकास तथा पूर्वप्राथमिक शिक्षाको गुणस्तर अभिवृद्धि, मोन्टेसरी शिक्षाको प्रवर्द्धन, शिक्षक तथा विद्यालय सञ्चालकहरूको पेशागत क्षमता विकास र संगठन विस्तारलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ।

अपेनले जिल्लाभर पूर्वप्राथमिक शिक्षालाई थप प्रभावकारी, गुणस्तरीय र बालमैत्री बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने विश्वास व्यक्त गरेको छ।
 

कमेन्ट लोड गर्नुस