सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अवरुद्ध पूर्वपश्चिम राजमार्ग अझै खुलेन

२०७८ मंसिर ९, ०३:१० खबर संवाददाता

धनगढीः कैलालीमा १२ बजेदेखि अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग अझै खुलेको छैन। ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीमा ना२ख ९३७० नम्बरको ट्रकको ठक्करबाट टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको घटनास्थलमै मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको हो। 

स्थानीयले राजमार्गमा प्रदर्शन गर्न थालेपछि भिड नियन्त्रण गर्न प्रहरीले आधा दजर्न बढी सेल अश्रुग्यास प्रहार गरेको छ। तर आन्दोलित स्थानीयले लम्की बजार पनि बन्द गराएका छन्। उनीहरुले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन्।

लम्की क्षेत्रमा दुर्घटनामा बर्सेनि ज्यान गुमाउनको संख्या बढ्दै गएको छ। बजार क्षेत्रमा गति सिमित पार्न ट्राफिक प्रहरी असफल हुँदा दुर्घटना बढेको स्थानीयले बताएका छन्।

कमेन्ट लोड गर्नुस