सुदूरपश्चिम जितेको दिन
धनगढी : नेपाल आइडलको अंक १४ मा रवि ओडले अस्मिता अधिकारीसंग ‘तिमि रोएको पल तिमीलाई हसाउन नसकुला तर तिमीसंगै रोईदिनसक्छु’ बोलको गीत गाउँदा अतिथीमा चर्चित संगीतकार सुरेश अधिकारी थिए। अधिकारीले रविले गीत गाएपछि भनेका थिए, ‘बुटवलबाट पश्चिम लागेपछि त आधुनिक गीतमा धेरै कम कलाकार भेटिन्छन्, नेपालगञ्जबाट पश्चिम लागेपछ त कलाकार भेट्न एकदमै धेरै गाह्रो थियो तर रविको स्वर प्लेव्याक सिङगीकका लागि तयार रहेको सुन्दा र संगीतको लहर पूर्वदेखि सुरु भएकाले पश्चिमका रविलाई नेपाल आइडलमा देख्दा धेरै खुसी लाग्यो।’
संगीतकार सुरेश अधिकारीले भने जस्तै नेपाली आधुनिक संगीतको लहर पूर्वबाटै सुरु भएको हो। तर नेपाल आइडल सिजन–२ को विजेता रवि ओड भएसंगै आधुनिक संगीतमा सुदूरपश्चिम पनि अब्बल छ भन्ने प्रमाणित गरिदिएको छ। नेपाल आइडल सिजन–२ मा रविले सबै किसिमका गीतहरु गाएर सुदूरपश्चिम नेपाली संगीतको कुनै पनि क्षेत्रबाट कमजोर छैन भन्ने प्रमाणित गरिदिएका छन्। हुन त रवि ओड विजयी हुँदा सिङगो नेपाली संगीत जितेको छ तर उनको सफलताले संगीतमा सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण फेरिएको छ र सुदूरपश्चिम पनि जितेको छ।
अहिले पनि सुदूरपश्चिमको कलाकारले आधुनिक, पप, ¥याप, गजल गाउँछ भन्दा साङगीतिक क्षेत्रका धेरै हस्तीहरुले समेत मजाकको विषय बनाउछन्। सुदुरपश्चिममा उदाएका कलाकारहरुले डेउडा गीत बाहेक अन्य गीतमा छाप छोड्न सक्दैनन भन्ने मानसिकता पनि छ। तर डेउडासंगै पप, आधुनीक र नेपालको पुर्वीय क्षेत्रमा मात्रै गाईने गीतहरु समेत गाउदै सुदूरपश्चिमका रवि ओड नेपाल आइडल बनेपछि अहिले संगीतमा सिङगो सुदूरपश्चिम नै जितेको अनुभुती भएको छ।
हुन त सुदूरपश्चिमबाट उदाएर आधुनिक गीत, पप गीत, पूर्वको क्षेत्रमा मात्रै गाईने गीत गाएका थुप्रै कलाकार छन। तर पनि सुदूरपश्चिमका कलाकारहरुले सांगीतिक रियालिटी शोमा प्रतिस्पर्धा गर्न सक्दैन भन्ने मानसिकता रहेको थियो। उक्त मानसिकता तोड्नका लागि भने नेपाल आइडलको पहिलो सिजनमा सन्ध्या जोशी, भ्वाइस अफ नेपालमा शैलु सिह, जनक ताम्राकार र अहिल नेपाल आइडलमा विजयी भएर रवि ओडले पहल गरेका छन्। यस्ले गायकीमा सुदूरपश्चिमका कलाकार पनि कोही भन्दा कम छैनन भन्ने पुष्टि गर्न थालेको छ।
अडिसनमा ’अव जाउला रेलैमा माया तिम्रो साथैमा’ बोलका गीत गाउँदै रवि ओडको नेपाल आइडलको यात्रा सुरु भएको थियो। ओडको गायकीलाई मन पराउँदै तीनै जना निर्णायकले रविलाई धनगढीदेखि काठमाडौँ सम्मको यात्रा तय गराउने निर्णय लिएका थिए। त्यसपछि नेपाल आइडल जित्ने सम्मको यात्रा तय गर्दा रविको प्रस्तुतीले निर्णायक मात्रै होईन धेरै श्रोता दर्शकको मन जितिसकेको छ। रविको अब्बल चमकले ओडलाई नेपाली संगीतमा स्थापित हुने अवस्था बलियो बनाउँदै गएको छ। संगै सुदूरपश्चिममा पनि सबै किसिमाका गीत गाउन सक्ने क्षमताका कालकार पाउन सकिन्छ भन्ने परिपाटी बसाउन मदत्त मिलेको छ।
सागीतिक रियालीटी शोहरु सबैभन्दा धेरै हेरिने कार्यक्रमको सुचिमा अग्रपत्तिमा हुने गरेका छन्। त्यस्तो प्रतियोगितामा रविले विजेता बनेपछि नेपाली सांगीतिक क्षेत्रले सिङगो सुदूरपश्चिम प्रति राख्ने सोचमा अवश्य परिवर्त आएको छ।