सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा पाटेबाघ मृत फेला

२०८३ मंसिर १, ०६:१५ रासस

कञ्चनपुर । कञ्चनपुरको दोधारा–चाँदनीमा पाटेबाघ मृत फेला परेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार दोधारा–चाँदनी नगरपालिका–२ स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा आज पाटेबाघ मृत भेटिएको हो ।

“जङ्गलभित्र पाटेबाघ मृत भेटिएकोे छ, निकुञ्ज कार्यालयबाट चिकित्सकसहितको टोली घटनास्थलमा गएको छ”, उनले भने, “घटनास्थलको मुचुल्का र पाटेबाघको स्वास्थ्य परीक्षणको रिर्पोटपछि मृत्युको कारण खुल्छ ।”

जङ्गलभित्र पाटेबाघ मृत फेला पारेपछि स्थानीयले निकुञ्ज प्रशासनलाई खबर गरेका थिए ।

कमेन्ट लोड गर्नुस