आईपीएलबाट धोनीको सन्यास
काठमाडौंः भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल)बाट पनि सन्यास लिएका छन्। चेन्नई सुपर किंग्स (सीएसके)का पूर्वकप्तान धोनीले खेलाडीका रूपमा आईपीएल यात्रा टुंग्याएका हुन्।
धोनीले मंगलबार आईपीएलबाट सन्यास लिने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
चेन्नई सुपर किंग्सले उनलाई सन् २०२७ को आईपीएलदेखि लागू हुने गरी टिम मेन्टरको जिम्मेवारी दिएको हो। पिँडुलाको चोटका कारण उनले सन् २०२६ को आईपीएलमा एउटा पनि खेल खेल्न पाएका थिनन्।