सुदूर नेपाललाई विश्वसँग जोड्दै

झुपडीमा फुलेको फूल

२०७५ पुष ४, ०३:०५ नवराज पनेरु

‘प्रतिस्पर्धा आफैंमा परीक्षा हो, तथापि मेहनत, परिश्रम, लगनशीलताले त्यो प्रतिस्पर्धालाई सफल तुल्याउँछ। त्यस्ता व्यक्ति जसले साँच्चिकै भन्नुपर्दा महत्वपूर्ण समयको प्रयोग गर्दै सानै उमेरबाट एक गरिब, दलित र पिछडिएको ठाउँबाट हुर्किएर दुई छाक टार्नलाई अन्धकारमा हासेर निदरीलाई बोलाउँदै कठ्यांग्रीदै बसिरहेका रवि ओड। आज आफ्नो मेहेनत, लगनशील, परिश्रमले गर्दा आफ्नो कलालाई यहाँसम्म पुर्याएका छन्। जुन कलाले आज सम्पूर्ण नेपालीको मन छोएको छ। त्यसैले यस्ता गरिबको झुपडीमा फुलेको फूल लाई जोगाई राख्न र उनलाई नेपाल आइडल बनाउन हामी सम्पूर्ण नेपालीको सहयोग चाहिएको छ।’ सामाजिक सन्जालमा नरेन्द्र जोशीको नाममा सार्वजनिक भएको यो स्ट्याटसले पनि नेपाल आइडलको फाईनलमा पुगेका रवि ओडको अभाव र गरिबिलाई केहि हद सम्म झल्काउने प्रयास गरेको छ।

अहिले देश विदेशमा रवि ओडको समर्थनमा यि र यस्तै प्रतिक्रीयाहरु आउने क्रम बढ्दै गएको छ।उपाधि जितेसंगै उनको समर्थन झनै बढेको छ। तर त्यो अपिल रविको झुपडी देखेर भने पक्कै पनि होईन, त्यो झुपडीमा फुलेको फूलको सुगन्ध देखेर हो। 

फोटोमा देखिएको झुपडी र गरिबिले रविलाई पटक–पटक जिस्क्यायो। नेपाल आइडलको मञ्चमा गीत गाउँदै गर्दा रविका बुवा भारतमा चौकीदारी गरिरहेका हुन्थे। सेतै फुलेका कपालले पनि रविका बुवालाई भारतमा चौकीदारी गर्न सुहाउदैन होला। तर परिवारको दुई छाकका लागि पनि रविका बुवा बुढेसकालमा पनि अर्काको देशमा चौकीदारी गरिरहेका छन्। छोरा आइडल बनेपछि भारतको चौकीदारी छुट्छकी भन्ने आशा पनि रविका बुवामा पलाएको छ। 

झुपडीमा जन्मिएका रविका लागि नेपाल आइडलमा सहभागिता जनाउन पनि ठुलो कुरा थियो। हजारौ प्रतिस्पर्धीलाई पछि पारेर आइडलको उपाधि जितिन्छ होला भन्ने त सोचेका पनि थिएनन्। तर त्यहि झुपडीमा फुलेको फूलले अहिले सुदूरपश्चिमको नाम पनि देश विदेशमा चिनाउन थालेपछि उनको समर्थन बढ्दै गएको छ।

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस