सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, मन्त्रीहरुको नाम टुंगो लगाइने

फाइल फोटो
फाइल फोटो
२०७८ साउन १८, ०८:१७ खबर संवाददाता

काठमाडौँ: नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो।

बैठकले माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने बताइएको छ। माओवादीबाट मन्त्रीका लागि नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हरिराज अधिकारी, देवप्रसाद गुरुङ, मातृका यादव, जयपुरी घर्ती, अञ्जना विशंखे ,शशी श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी, शिवकुमार मण्डल लगायतको नाम चर्चामा छ।

माओवादीको तर्फबाट हाल जनार्दन शर्मा अर्थ मन्त्री र पम्फा भुसाल ऊर्जा मन्त्री भइसकेका छन्।

कमेन्ट लोड गर्नुस