सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्रालयमै आसेपासेलाई खोप लगाएपछि चर्को आलोचना

२०७८ साउन १५, १२:३३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले बुधबार कार्यालयमै आसेपासेलाई खोप लगाएपछि चर्को आलोचना भईरहेको छ। कार्यालयमै लक्षित समूहबाहेकलाई खोप लगाएपछि मन्त्रालय र मन्त्रीलगायतको सामाजिक सन्जालमा चर्को आलोचना भएको हो।

यता सामाजिक विकास मन्त्री लालबहादुर खड्का र मन्त्रालयका कर्मचारीहरु भने त्यस विषयमा कुनै जानकारी नभएको भन्दै पन्छिदै आएका छन्। यसअघि मन्त्रालयमा राजनीतिक दलका नेता कार्यकर्ता, मन्त्री र कर्मचारीका आफन्तहरुलाई खोप लगाइएको थियो।

सामाजिक विकासमन्त्री खड्काले उक्त विषयमा आफूलाई जानकारी नभएको बताएका थिए। बुधबार अपराह्न ४ बजेपछि कार्यालय समय सकेर मन्त्री र कर्मचारीका आसेपासेलाई खोप लगाइएको थियो।  

मन्त्रालयको हलमा दुवै ढोका बन्द गरेर गोप्य रुपमा खोप लगाइरहेको बेला पत्रकार पुगेपछि उनीहरुको भागाभाग भएको थियो।  

कमेन्ट लोड गर्नुस