सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीम रावलप्रति प्रचण्डको टिप्पणीः गठबन्धनमा राम्रो भूमिका खेलेका साथी राजीनामा प्रकरणमा ढले

२०७८ साउन ९, १२:१९ खबर संवाददाता

काठमाडौंः सत्तारुढ गठबन्धनका एक प्रमुख नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्ध भत्काउने षड्यन्त्र अहिले पनि जारी रहेको र एमालेभित्रबाट त्यस्तो खेल हुनसक्ने आशंका गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकार बन्नुअघि देखिनै गठबन्धन टुटाउने कसरत भएको बताए। उनले भीम रावलको नाम नलिइ राजीनामा प्रकरणमा केही साथी ढलेको बताए।

प्रचण्डले भने– यो गठबन्धन भत्काउन कसरत हुँदा केही साथीहरु नपत्याउँदो किसिमले ढल्दिनु भयो। राजीनामा प्रकरणले थाहा हुन्छ गठबन्धनमा राम्रो भूमिका खेलेका, बडो स्पिरिटका साथ काम गरेका साथीहरु पनि ढले। त्यतिकै ढलेका होइनन्, बडो गम्भीर ढंगले चीजहरु भएका छन्।

आफूहरुले षडयन्त्र बुझेरै जसरी पनि बहुमत जुटाउने प्रयास गरेको झण्डै दुईतिहाई बहुमत बनाउन सफल भएको बताए। अझै पनि गठबन्धन भत्काउने प्रयास भइरहेको भन्दै प्रचण्डले माधव नेपालसँग आफ्नो कुरा भइरहेको बताए।

कमेन्ट लोड गर्नुस