सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफिमसहित एक पक्राउ

२०७८ साउन ४, ०९:२७ रासस

हेटौँडा: हेटौँडा उपमहानगरपालिका–२ सङ्गमचोकबाट प्रहरीले अवैध लागुऔषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बकैया गाउँपालिका–५ बस्ने ४४ वर्षीय रत्न भुलुन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

प्रहरी टोलीले पाँच किलो ७५० ग्राम लागुऔषध अफिमसहित पक्राउ गरेको हो। पक्राउ परेका भुलुनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

कमेन्ट लोड गर्नुस