सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अन्तरजातीय विवाह गरेका प्रकाशले प्रहरीलाई भने–४ गतेदेखि २३ गतेसम्म बुटवल बसेका हौँ

२०७८ असार २५, ०७:३८ खबर संवाददाता

धनगढी : अन्तरजातीय विवाह गरेका कारण धम्की आएको र २१ दिनदेखि जंगलमा बस्न बाध्य भएको दाबी गर्दै आएका कैलालीका किशोरकिशोरी प्रहरीको सम्पर्कमा आएका छन्। जिल्लाको भजनी नगरपालिका–४ का प्रकाश विश्वकर्मा र जानकी गाउँपालिकाकी मालती रावल प्रहरीको सम्पर्कमा आएका हुन्। प्रकाश इलका प्रहरी कार्यालय भजनी र मालती धनगढी आएर प्रहरीको सम्पर्कमा आएका हुन्।

आफूहरुलाई ज्यान मार्ने धम्की आएको भन्दै जीवन रक्षाको माग गरिएको उनीहरुको भीडीओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले सम्पर्कमा ल्याउने प्रयास गरेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले दुबै जना किशोरकिशोरी सम्पर्कमा आएको र दुबै जना सुरक्षित रहेको बताए। प्रहरीले इलाका प्रहरी कार्यालय भजनीमा प्रकाशसंग सोधपुछसमेत गरेको छ। सोधपुछका क्रममा आफूहरु जंगलमा नबसेको र बुटवलबाट फर्किदा जंगलामा भीडीओ रेकर्ड गरेर पोस्ट गरेको प्रकाशले प्रहरीलाई बताएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।

‘केटालाई सोधपुछ गर्ने क्रममा ४ गतेदेखि २३ गतेसम्म आफूहरु बुटवलमा बसेको बताएका छन्। मालतीको परिवारका सदस्यले स्वीकार गर्लान भनेर बुटवलबाट फर्किदा एउटा जंगलमा भीडीओ बनाएका हौँ भनेर प्रकाशले नै प्रहरीलाई भनेका छन्,’ प्रहरी उपरीक्षक अधिकारीले दिनेशखवरसंग भने।

उनका अनुसार घर फर्किएपछि किशोरीका आफन्तले थाहा पाएपछि प्रकाशको घरबाट किशोरीलाई लगेका थिए। किशोरीकी दिदीले दिनेश खवरसंग कुरा गर्दै मालतीको उमेर १७ बर्षमात्रै पुगेकोले फिर्ता ल्याएर प्रहरीलाई बुझाएको बताइन्। ‘अन्तरजातीय विवाहका कारण हामीले विरोध गरेका होइनौ। उमेर नपुगी भएको विवाहको विरोध गरेका हौ,’ उनले भनिन्। यता प्रकाशले भने आफूहरुको विवाह भइसकेको अवस्थामा २५÷३० जनाले जवरजस्ती मालतीलाई लगेको बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस