सुदूर नेपाललाई विश्वसँग जोड्दै

बढी अंक दिने र प्रश्न पत्र आउट गर्ने २ उपप्राध्यापक बर्खास्त

२०७८ असार २२, ०३:५३ खबर संवाददाता

काठमाडौं: परीक्षामा अनियमितता गरेको भन्दै मध्यपश्चिम विश्वविद्यालयले २ जना उपप्राध्यापकलाई बर्खास्त गरेको छ।

इन्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक एवं उपप्राध्यापक विश्वनाथ यादव र स्कुल अफ लका उपप्राध्यापक सुजन पन्त बर्खास्तमा परेका हुन्। 

निर्देशक यादवले आर्थिक प्रलोभनमा परीक्षामा सहभागि नै नभएका विद्यार्थीलाई आफुखुशी नम्बर दिएर पास गराएको र उपप्राध्यापक पन्तलाई परीक्षामा प्रश्न पत्र आउट गरेको निष्कर्षसहित बर्खास्त गरिएको हो। 

उपप्राध्यापक यादवले ४० नम्बरको प्रयोगात्मक परीक्षामा शत प्रतिशत नम्बर दिएका थिए भने पन्तले  बिएएलएलबीको प्रश्नपत्र आउट गरेको पुष्टि भएको थियो। 


 

कमेन्ट लोड गर्नुस