सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

२०८२ असार ५, ११:५९ खबर संवाददाता

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको छ।

जोगबुडास्थित इलाका प्रहरी कार्यालयका प्रमुख सुरेश रोकायाका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो। तत्काल अस्पताल पु¥याइएका निजको उपचारका क्रममा मृत्यु भएको हो। उनी स्थानीय शिवशङ्कर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन्।

 

कमेन्ट लोड गर्नुस