सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा २३ गतेदेखि यातायातमा जोरबिजोर हटाउने तयारी, होटल पनि खुल्ने !

२०७८ असार २१, ०४:४२ खबर संवाददाता

धनगढी : कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा असार २२ गतेसम्मा निषेधाज्ञा लगाइएको छ। सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरीएको छ भने भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ।

होटल तथा पार्टी प्यालसेमा हुने विवाह ब्रतवन्धमा रोक लगाइएको छ। सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान बन्द गर्न र स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १० जनासम्म मात्रै भेला हुन पाउने आदेश जारी छ।

२३ गतेपछि भने निषेधाज्ञालाई थप खुकुलो बनाउने तयारीमा प्रशासन जुटेको छ। सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएकोमा २३ गतेदेखि जोरबिजोर हटाउनेबारे छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रशाद रिजालले बताए।

‘होटल रेष्टुरेन्ट, खाजा पसलले होम डेलिभरी तथा टेक–अवे सेवा मात्रै सञ्चालन गर्न पाइरहेका छन्। अब होटल पनि खोल्न दिने विषयमा छलफल भइरहेको छ,’ उनले भने। 
 

कमेन्ट लोड गर्नुस