कैलालीमा बस दुर्घटना
२०७८ असार १६, १०:०६
धनगढी : कैलालीमा बस दुर्घटना भएको छ।
लु २ ख ९२४० नम्बरको बस दुर्घटना भएको हो। जिल्लाको गोदावरी नगरपालिकाको गोदावरी पुल नजिक पार्किङ गरेर राखेको बस ३ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।
दुर्घटनामा मानवीय क्षति नभएको उनले बताए।


कमेन्ट लोड गर्नुस