सुदूर नेपाललाई विश्वसँग जोड्दै

सडक दुर्घटनामा परी एक जनाको मृत्यु

। फोटो स्रोत ।
२०७५ कार्तिक ५, ०१:४६ खबर संवाददाता

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा सोमबार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। बा४ख ९०१७ नंम्बरको टिपर सडकमै पल्टिँदा ११ जनाभन्दा बढी घाइते भएका छन। उक्त टिपरले घुम्तीमा अर्को गाडीलाई उछिनेर घुमाउन खोज्दा सडकमा पल्टिएको भैँसे निवासी रामबहादुर तामाङले बताए। दुर्घटनाका कारण एक जनाको घटनास्थलमै मृत्यु भएको र बाँकीलाई उपचारका लागि खाडीचौर लगिएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

 
 

कमेन्ट लोड गर्नुस