सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगानिस्तानमा २३ तालिवान लडाकू मारिए

२०७८ जेठ १४, १०:५२ रासस

अफगानिस्तानमा भएको दुई पक्षिय भिडन्तका क्रममा थप २३ तालिवान लडाकूहरु मारिएका छन्। 

देशको बाल्ख प्रान्तअन्तर्गत पर्ने शोल्गारा जिल्लामा बिहीबार दिउसो भिडन्त भएको सैन्य अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।

अफगानिस्ताको सेनाका प्रान्तीय प्रवक्ता मोहम्मद हनिफ रेजाइले बोडाना क्वाला भन्ने गाउँमा घटना भएको बताए।

घटनामा परी २३ जनाको मृत्यु भएको र अन्य ११ जना घाइते भएको पनि उनले जानकारी दिए।

उनका अनुसार सुरक्षाकर्मीहरुले घटनास्थलबाट लडाकूहरुले प्रयोग गर्ने मोटरसाइकल समेत बरामद गरेका छन्। 

अफगानिस्तानका धेरै ठाउँमा तालिवान लडाकूहरु लामो समयदेखि हिंसात्मक क्रियाकलापमा सक्रिय हुदै आएका छन्।

बिहिबारको घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेबारी नलिएको पनि सरकारी अधिकारीहरुले जनाएका छन्। 

कमेन्ट लोड गर्नुस