सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा १० हजार मूल्य बराबरको अवैध बिँडीसहित एक जना पक्राउ

२०७८ वैशाख २७, ०६:०८ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा १० हजार मूल्य बराबरको बिँडीसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको कृष्णपुर नगरपालिका ४ का ३२ वर्षीय टेकराज जोशी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए।

उनलाई सोही नगरपालिकाकै वडा नम्बर ७ सिमकोट क्षेत्रबाट अवैध रुपमा भन्सार छली ल्याइएको १० हजार मूल्य बराबरको एक बोरा बिँडी र से२प २७९६ नम्बरको मोटरसाइलसहित नियन्त्रणमा लिएको प्रवक्ता थापाले बताए।

यसबारे थप अनुसन्धान भइरहेको र बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाउने तयारी भइरहेको उनले बताए। 

कमेन्ट लोड गर्नुस