सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालविवाह गरेको आरोपमा किशोर पक्राउ

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ वैशाख १७, ०६:२१ खबर संवाददाता

बालविवाह गरेको आरोपमा १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ। सल्यानको वनगाड कुपिण्डे नगरपालिका निवासी किशोरलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

वैशाख १३ गते राति खान खाएर सुतिसकेका अवस्थामा स्थानीय किशोरले आफ्नी छोरी भगाएर लगेको थाहा पाएपछि बालिकाका बुवाले फिर्ता ल्याएर जाहेरी दिएपछि किशोर र उनका बाबुलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरु दुवैले स्थानीय विद्यालयमा कक्षा ६ मा पढ्दा पढ्दै माया बसेपछि भागी विवाह गरेको किशोरले प्रहरीसमक्ष बयान दिएको प्रहरीको भनाइ छ। 

बालविवाहसँगै करणीसमेत भएको भनेर जाहेरी आएकाले सोहीअनुसार कानूनी कारवाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए।

प्रहरीले सल्यान अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण गराएको छ। यसैबीच विवाहमा संलग्न भएका आरोपमा किशोरका बाबुलाई पक्राउ गरिए पनि संलग्नता नदेखिएकाले प्रक्रिया पु¥याएर छाड्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस