सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आगलागीबाट एक घर जलेर नष्ट

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख १२, ०२:२६ खबर संवाददाता

धनगढी: धनगढीमा एक घरमा आगलागी भएको छ।

उपमहानगरपालिकाको वडा नम्बर १५ झिनवा, कटानका प्रेम पातलीको दुईतले काठको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। भान्सामा बालिएको आगोबाट अचानक आगलागी भएको बताइएको छ।

प्रहरीका अनुसार घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने गोठमा समेत आगलागी हुँदा एउटा बाख्रा मरेको र एउटा भैँसी, एउटा गाई र अर्को एउटा बाख्राको आधा शरीर जलेको छ।

आइतबार विहान साढे ११ बजेतिर भएको आगलागी दमकल, स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो। 

कमेन्ट लोड गर्नुस