सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाविरुद्धको खोप लगाऔँ, अण्डा खाऔँ !

२०७८ वैशाख १२, ०१:०९ खबर संवाददाता

काठमाडौं: कोरोना भाइरस (कोभिड १९) सन् २०१९ को डिसेम्बरमा चीनबाट सुरु भएको थियो।

चीनमा अहिले कोरोना संक्रमणको समस्या खासै नरहेपनि यसैसँग सम्बन्धित फरक खालको समस्या देखिएको छ। चीनका मानिसहरु कोरोनाविरुद्धको खोप (भ्याक्सिन) लगाउन डराइरहेका छन्। यसै कारण चीन सरकारले कोरोनाविरुद्धको खोप लगाउनेहरुलाई निशुल्क रुपमा अण्डा वितरण गर्ने योजना बनाएको बताइएको छ।

अण्डा संगसंगै खाद्यान्नका सामानमा छुट र पसलका कुपन प्रदान गर्ने जस्ता योजना पनि बनाइएको बताइन्छ। यसले मानिसहरुलाई कोनाविरुद्धको खोप लगाउन उत्प्रेरण मिल्ने विश्वास गरिएको छ। गत मार्च २६ सम्ममा चीनमा ६१ लाखले कोरोनाविरुद्धको खोप लगाएका छन् भने आगामी जून महिनासम्ममा ५६ करोड मानिसलाई भ्याक्सिन लगाउने चीनको योजना रहेको छ।
 

कमेन्ट लोड गर्नुस