सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफ्नो चरित्र हत्या गर्नेलाई कानुनी दायरामा ल्याउँने पारसको चेतावनी

२०८१ वैशाख २६, ०८:२० खबर संवाददाता

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो चरित्र हत्या गर्नेलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमा सन्दीप लामिछानेको मुद्दासँग जोडेर विभिन्न आरोपहरू लगाएको विषयमा खड्काले आफ्नो ध्यानाकर्षण भएको जनाएका हुन्। “पछिल्लो केही समययता सामाजिक सञ्जालमा मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहीन तरिकाले ममाथि भइरहेको व्यक्तिगत आरोपप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,“ बुधबार साँझ सामाजिक सञ्जाललमा उनले लेखेका छन्।

उनले नेपाली क्रिकेटप्रतिको आफ्नो ’निस्वार्थ भावना’ र यसको विकास, विस्तारप्रतिको अठोटमा कदापि पनि परिवर्तन नआउने समेत स्पष्ट पारेका छन्।
Open photo

कमेन्ट लोड गर्नुस