सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७८ वैशाख १२, ०७:५८ खबर संवाददाता

धनगढीः कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका ३ का ६२ वर्षीय पुरुषको आइतबार विहान मृत्यु भएको हो।

कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका ती पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। वैशाख ८ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका उनीमा ९ गते कोरोना पुस्टि भएको थियो। उनमा कडा खालको स्वासप्रस्वासको समस्या देखिएको थियो।

यो सहित गोदावरी नगरपालिकाका अहिले सम्म १३ जना संक्रमितको मृत्यु भएको छ भने जिल्लामा ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ।

कमेन्ट लोड गर्नुस