सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा १९ वर्षीया युवतीलाई गर्भवती बनाएको अभियोगमा ६० वर्षीय बृद्ध पक्राउ

२०७७ चैत्र ६, ०९:३५ खबर संवाददाता

धनगढीःकैलालीमा १९ वर्षीया एक युवतीलाई जबरजस्तीकरणी गरेर गर्भवती बनाएको अभियोगमा बृद्ध पक्राउ परेका छन्।

जिल्लाको टीकापुर नगरपालिका–४ का ६० वर्षीय बृद्ध ठ्याउके दमाईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय टीकापुरका निमित्त प्रमुख प्रहरी निरीक्षक अरुण बमले पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा दमाईलाई पक्राउ गरेर अनुसन्धान भइरहेको दिनेशखबरलाई बताए। 

उनकाअनुसार घटना करिब ५ महिना अघिको भएपनि हाल मात्रै सार्वजनिक भएको थियो। ती युवतीको ५ महिनाको गर्भ समेत रहेको बुझिएको प्रहरीको भनाई छ।

दमाईलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।  


 

कमेन्ट लोड गर्नुस