सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीमानको घाँटीमा डोरी बाँधेर डोर्‍याउने महिला पक्राउ

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७७ पुष २९, ०५:५७ खबर संवाददाता

धनगढी: श्रीमानको घाँटीमा डोरी बाँधेर डोर्‍याउने एक महिला महिला पक्राउ परेकी छिन्। क्यानडाको क्युबेककी ती महिलाले कोरोनाभाइरस प्रतिबन्धबाट बच्न त्यस्तो गरेकी थिइन्। 

क्युबेकमा कोरोनाका कारण राती ८ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइएको छ। यो समयमा कुकुर डुलाउन भने छुट दिइएको छ। सोही कारण उनले त्यस्तो गरेकी प्रहरीले बताएको छ। 

पुलिसले उनीहरु १ जनालाई १५ सय ४६ क्यानेडियन डलरका दरले ३ हजार ९२ डलर (२ लाख ८३ हजार रुपैयाँ) जरिवाना तिराएको छ। -बीबीसी
 

कमेन्ट लोड गर्नुस