सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेमीले ८ वर्ष बर्बाद गरेको भन्दै अदालतमा उजुरी

२०७७ पुष २७, ०३:३१ खबर संवाददाता

काठमाडौं : एक युवतीले प्रेमीले आफ्नो ८ वर्ष बर्बाद गरेको भन्दै अदालतमा उजुरी दिएको खबर छ। 

आठ वर्षसम्म सम्बन्धमा रहँदा पनि विवाह नगरेपछि अफ्रिकी देश जाम्बियार्की २६ वर्षीया गरट्रूडे नगमाले प्रेमीविरुद्ध मुद्धा दर्ता गरेकी हुन। 

प्रेमी हर्बर्ट सलालिकीको उमेर २८ वर्ष हो। नगमाका अनुसार प्रेमीसँग उनको एक सन्तान पनि जन्मिसकेको छ र प्रेमीले विवाहको बचन पनि दिएका थिए । 

प्रेमीले भने आफू आर्थिक कारणले तत्काल विवाहका लागि राजी नभएको जानकारी दिए। युवतीले अदालतसमक्ष आफू विवाहको प्रतिक्षा गर्दागर्दै थकित भइसकेको बताएकी छिन्। 

कमेन्ट लोड गर्नुस