सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुर्सीमा बाँधेर यौन सम्बन्ध राख्ने महिलाको योजना, युवकको गयो ज्यान

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७७ पुष २६, ०६:१५ खबर संवाददाता

काठमाडौं: थुप्रै जोडी सम्बन्धमा रोमाञ्चकता हासिल गर्न बीडीएसएम (बन्डेज, डिसिप्लिन, डोमिनेन्स, सबमिशन, स्याडोचिजम, म्यासकिजम) क्रियाकलाप गर्छन। जसमा एक पार्टनर अर्कोमाथि हावी हुने कोसिस गर्छन्। त्यसमा दोस्रो व्यक्तिको पनि सहमति पक्कै पनि लिइन्छ। 

तर सोही क्रियाकलाप गर्नेबेला एक ३० वर्षीय पुरुषले आफ्नो ज्यान गुमाएका छन्। भारतको महाराष्ट्रमा एक युवकको यौन सम्बन्धका बेला महिलाले कुर्सीमा बाँधिदिँदा मृत्यु भएको छ। 

बिहिबार सँगै रात बिताउनका लागि महिला र युवक एउटा लजमा बसेका थिए। 

समाचार एजेन्सीका अनुसार महिलाले नाइलनको डोरीले युवकको हात–खुट्टा कुर्सीमा बाँधिदिएकी थिइन्। यसका साथै महिलाले कथित रुपमा युवकको घाँटीमा पनि डोरी बाँधिदिएकी थिइन्। 

युवक बाँधिएकै अवस्थामा महिला बाथरुम गएकी थिइन्। यति बेला कुर्सीमा बाँधिएका युवक चिप्लिए जसका कारण युवकको घाँटीमा बाँधिएको डोरी कस्सियो र जब महिला कोठामा आइन् तब उनले पार्टनरलाई जमिनमा अचेत अवस्थामा खसिरहेको देखिन्।

उक्त घटनाबारे जानकारी पाएपछि प्रहरी पुगेको खबर भारतीय मिडिया आजतकले प्रहरीको भनाई उद्धृत गर्दै प्रकाशित गरेको छ। 

घटनापछि प्रहरीले महिलालाई हिरासतमा लिएर सोधपुछ गरेको छ। प्रहरीका अनुसार महिलाले आफ्नो अफेयरको कुरा स्विकारेकी छिन्। प्रहरीले युवकको मृत्युको विषयमा दुर्घटनाको मुद्दा दर्ता गरेको छ।-आजतकको सहयोगमा 

कमेन्ट लोड गर्नुस