कैलालीमा ट्रकमा आगलागी

२०७७ पुष १८, ०८:५२
धनगढीः कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ भल्कामा रहेको पेट्रोल पम्प अगाडि पार्किङ गरिएको ट्रकमा आगलागी भएको छ।
कैलाली प्रहरीका अनुसार खाली ट्रकको क्याबिनमा खाना पकाउन बालिएको ग्याँसबाट आगो सल्किएको हो। ना ४ ख ४९१३ नम्बरको खाली ट्रकको केहि भाग जलेको छ।
ट्रक सिमेन्ट ढुवानीपछि धनगढी फर्किदै गरेको कैलाली प्रहरीले बताएको छ। दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएका छ्न। ट्रकमा आगो लागेको भएपनि अन्य मानविय तथा भौतिक क्षति भएको छैन्।




कमेन्ट लोड गर्नुस