सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको ट्राभल एजेन्सीका ४ जना पक्राउ, नाम सार्वजनिक गर्न अस्वीकार

२०७७ मंसिर १७, ०८:३८ खबर संवाददाता

धनगढीः भारत जाने यात्रुलाई ठग्दै दुःख दिने धनगढीको बर्दादेवी टुर एण्ड ट्राभल्सका पदाधिकारीसहितका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीबाट आरामदायी र सुरक्षित यात्रा गराउँने भन्दै टिकट काटेर भारतमा यात्रुलाई अलपत्र छाड्ने गरेको गुनासोपछि बर्दादेवी टुर एण्ड ट्राभल्सका पदाकिारी सहितका ४ जनालाई पक्राउ गरिएको जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले पदाधिकारी र कर्मचारी समेत गरी उनीहरुलाई मंगलबार पक्राउ गरी हिरासतमा राखिएको बताए। 

तर उनीहरुको नाम भने खुलाइएको छैन्। प्रहरी नायब उपरीक्षक बिष्टले किटानी जाहेरी प्राप्त नभएकाले नाम सार्वजनिक गर्न नमिल्ने बताए। 

यद्यपी चारैजनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बर्दादेवी टुर एण्ड ट्राभल्सले धनगढीबाट भारत जाने यात्रु लगेर बीचबाटामै अलपत्र छाड्ने गुनासो बढ्दो छ। 

सोमबार समेत धनगढीबाट  बर्दादेवी टुर एण्ड ट्राभल्सबाट टिकट लिएका १ सय ३० यात्रुलाई पलियामा अलपत्र छाडेको थियो। 

तर स्थानीय प्रशासनले भने यात्रुलाई दुःख दिने ट्राभल एजेन्सी सञ्चालकलाई कारवाहीको दायरामा ल्याउन वेवास्ता गर्दै आरोप यात्रुहरुले लगाएका छन्।

सम्बन्धित समाचार  

धनगढीको ट्राभल्स कम्पनीले पैसा नतिरेको रिस यात्रुमाथि, भारतीय बस व्यवसायीले १३० यात्रुलाई बाटोबाटै फर्काए

धनगढीका ट्राभल एजेन्सीले भारत पुर्‍याएका यात्रु बाटोमै अलपत्र

​​​​​​​धनगढीका ट्राभल एजेन्सीको मनोमानीका विषयमा प्रशासन बेखबर
 

कमेन्ट लोड गर्नुस