सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोरामा पनि कोरोना सङ्क्रमण

। फोटो स्रोत ।
२०७७ मंसिर ६, ०७:११

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 

उनका व्यक्तिगत प्रवक्ताले जेष्ठ पुत्र डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना सङ्क्रमण भएको शुक्रबार पुष्टि गरेका हुन् । “कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उहाँले स्वास्थ्यकर्मीहरुको सिफारिस अनुसारका सवै मापदण्ड तथा नियमहरुको पालना गर्नुभएको छ,” ती प्रवक्ताले भनेका छन्। 

सङ्क्रमित पुष्टि भएसँगै उनी क्वारेन्टाइनमै रहेका पनि प्रवक्ताले जानकारी दिएका छन् । यसअघि राष्ट्रपति ट्रम्प पनि निर्वाचनको पुर्वसन्ध्यामा कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए । त्यसैगरी ट्रम्पपत्नी तथा प्रथम महिला मेलानिया ट्रम्प, सानो छोरो बोर्न, मुख्य कर्मचारी मार्क मेडोस र अरु केही सदस्यहरु समेत केही समय अगाडि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए ।  

अहिले ट्रम्प जुनियरकी केटी साथी किमबेर्ली गुइल्फोयले पनि सङ्क्रमित हुनुभएको अधिकारीहरुले जानकारी दिएका छन् । ट्रम्प जुनियर हालै २५० भन्दा बढी अतिथिहरु सहभागी भएको भोजमा सहभागी भएका थिए । राष्ट्रपति कार्यालय ह्वाईट हाउसमै आयोजना गरिएको सो रात्री भोजमा सहभागी लगभग सबैले मास्क लगाएका थिएनन् । -एएनआई
 

कमेन्ट लोड गर्नुस