धनगढीका थप २८ जनामा कोरोना पुष्टि
धनगढीः धनगढीका थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बुधबार थप २८ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का १० जना, वडा नम्बर ५ का ५ जना, वडा नम्बर २ का ३ जना, यस्तै वडा नम्बर ३ र ४ का २/२ जना, यसैगरी वडा नम्बर ७, ९ र १३ का एक/एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनले ठेगाना नखुलेका ३ जनामा समेत कोरोना पुष्टि भएको बताए ।