सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध मुद्दा दायर

२०८३ वैशाख २४, ०४:४४ खबर संवाददाता

काठमाडौं: पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारमा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धानले तत्कालीन अर्थमन्त्री कार्कीसहित १४ जना विरुद्ध मुद्दा दायर भएको हो ।

उक्त मुद्दा विशेष अदालतमा रूजु हुने प्रक्रियामा रहेको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए । अख्तियारले गत २१ मंसिरमा पाँच जना मन्त्रीसहितलाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

त्यसपछि ८ चैतमा पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको थियो । आज दायर भएको यो मुद्दा तेस्रो हो । ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गरेर अख्तियारले मुद्दा दायर गरेको लामिछानेले बताए ।

तत्कालीन अर्थमन्त्री कार्कीसहित अर्थसचिव शंकर प्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव केवल भण्डारी, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतम र प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्याल र अन्य दुई कम्पनीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

कमेन्ट लोड गर्नुस