सुदूर नेपाललाई विश्वसँग जोड्दै

देवीको ‘खोंइछ’ भरिँदै

२०७७ कार्तिक ८, १०:५६ रासस

बडादशैंँ पर्वको महासप्तमीका दिन आँखा खोलिएका देवी प्रतिमामा श्रद्धालु भक्तजन ‘खोंइछ’ (पोल्टा) भर्दैछन । पूmलपातीको दिन सूर्यास्तसँगै शुरु हुने ‘खोंइछ  भर्नेक्रम महानवमीसम्म रहने मैथिल परम्परा छ । 

यस विधिमा देवी प्रतिमाको पोल्टामा भेटीस्वरुप नगद, शृङ्गार प्रसाधन, अक्षता, पूmल र नयाँ कपडा चढाउने प्रचलनअनुसार  खोंइछ भर्नेक्रम महासप्तमीको दिन सूर्यास्तपछि शुरु भएको हो । खासगरी देवीको पुकारा गरी भाकल गर्नेहरुले खोंइछ भर्ने चलन छ ।

देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिएकै दिन (फूलपातीका दिन) सूर्यास्तपछि खोंइछ भर्नेहरुको निकै भीड लाग्ने गरेको छ । देवी प्रतिमालाई सजाएर लगाइएको सारीको अग्र भागको पोल्टामा खोंइछ भर्नेहरुको सुविधाका लागि पालो निर्धारण गर्न धेरैजसो देवी प्रतिमास्थलमा अग्रिम नाम दर्ता गरिएको छ ।

मिथिला क्षेत्रमा भाकल मान्न देवी प्रतिमाको पोल्टो भर्ने प्रचलन चलेको यस क्षेत्रका  संस्कृति परम्पराका ज्ञाताको भनाइ छ ।  खासगरी दुर्गाभवानीको लक्ष्मीस्वरुप र बिघ्नहरणीको  रुप सम्झेर  खोंइछ भरिने परम्परा बसेको बर्दिवास–३ का बासिन्दा मैथिल  पण्डित महेशकुमार झाले बताउनुभयो । देवीको खोंइछ भर्नाले दरिद्रता, सन्ताप र शारीरिक कष्ट निवारण भई सुख, सन्तोष प्राप्त हुने मैथिल हिन्दू जनविश्वास  छ ।  ‘खोंइछ’ महासप्तमीका दिनदेखि नवमीसम्म श्रद्धालुले भर्ने गरेका छन् । नवरात्रमा देवी उपासना र कर्तव्यसँगै जोडिने गरेको यो विधि महिलाले नै पूरा गर्ने
 

कमेन्ट लोड गर्नुस