सुदूर नेपाललाई विश्वसँग जोड्दै

एफएममा कार्यरत थप एक कर्मचारीमा संक्रमण पुष्टि

२०७७ असोज १०, ०५:३९ खबर संवाददाता

धनगढी: धनगढीस्थित दिनेश एफएममा कार्यरत थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा २५ वर्षीय पुरुष कर्मचारीमा संक्रमण पुष्टि भएको एफएम व्यवस्थापनले जनाएको छ।

बिहिवार एफएममै कार्यरत एक जनामा कोरोना पुष्टि भएपछि थप ११ जना कर्मचारीको कोरोना परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको हो। अन्य १० जनाको रिपोर्ट भने नेगेटिभ आएको छ। उनलाई आईसोलेसनमा राख्ने तयारी भईरहेको छ।

यसअघि एफएममा कार्यरत ३७ वर्षीय पुरुष कर्मचारीमा कोरोना देखिएको थियो। रिटेलिङको काम गर्दै आएका उनका भतिजामा संक्रमण पुष्टि भएपछि ति कर्मचारीको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

कमेन्ट लोड गर्नुस