सुदूर नेपाललाई विश्वसँग जोड्दै

आगलागीबाट घर जलेर नष्ट

फाइल फोटो
फाइल फोटो
२०७७ असोज १, ०९:५७ रासस

बागलुङको बरेङमा आगलागी हुँदा एक घर जलेको छ। आगलागीमा बरेङ गाउँपालिका–३ बाटाकाचौरका सरस्वती बिकको कच्चि घर जलेको हो। राति २ बजे एक्कासी भएको आगलागीमा घर जलेर नष्ट भएको प्रहरी चौकी बरेङले जनाएको छ।

घरमा आगलागी भएको देखेर भागेका बिक परिवारले ज्यान बचाएका छन्। उनको घरका सबै सामान जलेको प्रहरी सहायक निरीक्षक कृष्ण अधिकारीले जानकारी दिए। स्थानीयले राति नै आगो नियन्त्रणमा लिएकाले गाउँका अन्य घरमा भने क्षति हुन पाएन। घरमा रहेका अन्नपात, लत्ता कपडा सबै जलेकाले बिक परिवारलाई छिमेकीको घरमा आश्रय दिइएको उनले बताए।
 

कमेन्ट लोड गर्नुस