सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरका ग्रामीण बस्तीमा प्रभावकारी बन्दै विद्युतीय वित्तिय सेवा

२०७७ साउन २५, ०२:२७ खबर संवाददाता

धनगढी : सुदुरपश्चिम प्रदेश अन्तरगत सबै जिल्लाका ग्रामीण वस्तीहरुमा विद्युीय वित्तिय सेवा प्रभावकारी बन्दै गइरहेको छ। स्थानीय तहहरुमा वित्तिय संस्थाहरुको  उपस्थिती न्यून भएको अवस्थामा विभिन्नमा सहकारी संस्थामार्फत समय अनुकुल विद्युतीय वित्तिय सेवा प्रभावमा जोड दिइएको छ।

पछिल्लो समय कोभिड –१९ को विश्वव्यापी महामारीका  कारण बन्दाबन्दी रहेका बेला उक्त सेवाबाट देश तथा विदेशबाट पैसा पाउन सहज भएको साना किसान सहकारी संस्थाली मालाखेती कैलालीका व्यवस्थापक गोरखबहादुर खत्रीले बताए। पैसाबाट समेत कोरोनाको जाखिम भएको अवस्थामा उक्त सेवाका कारण सिमा क्षेत्रबाट नगद बोकेर ल्याउनेको संख्यामा कमि आएको उनले बताए। 

विद्युतीय वित्तिय सेवामार्फत सहकारी संस्थाबाटै विद्युत महशुल तिर्न, खानेपानीको विल भुक्तानी गर्न, मोवाइल फोन रिर्चाज गर्न, अन्तरसहकारी कारोबार गर्न, विभिन्न बैङ्क तथा अलगायतसँग कारोवार गर्न सजिलो भएको जनता बचत तथा ऋण सहकारी संस्था कञ्चनपुरका व्यवस्थापक जगदिशप्रशाद पाण्डेयले बताए। 

विद्युतीय वित्तिय सेवाका लागि सहकारीका शेयर सदस्यहरुलाइ त्यस सम्बन्धी साक्षरता कक्षा संचालन गर्नसके यसको प्रभावकारीता थप हुने कुवाकोट साना किसान सहकारी संस्था बैतडीका सहव्यवस्थापक मानबहादुर कुँवर बताउँछन्। शेयर सदस्यहरुलाई नियमित बचत, ऋण, बिमा, व्यवसायिक योजना, उद्यमशिलता सम्बन्धी ज्ञान आवश्यक रहेको उनले बताए। 

विगत लामो समयदेखि आफ्न्तले पठाएको पैसा लिन जिल्ला सदरमुकाम पुग्नुपर्ने, झन्झटिलो प्रक्रिया झेल्नुपर्ने र फजुलखर्च बढ्ने साथै नगद बोक्दा जोखिम समेत हुने भएकाले सहकारी संस्थाले ग्रामीण क्षेत्रबाटै विद्युतिय वित्तिय सेवासहित बिप्रेषण सेवा आरम्भ गरेको प्रभु म्यानेजमेण्टका विद्युतीय वित्तिय सेवाप्रमुख केशव आचार्यले बताए। हाललाई सुदूरपश्चिम प्रदेशका करिव एक सय सहकारीमा विद्युतीय वित्तिय सेवा प्रदान गर्ने योजना रहेको आर्चाय बताउँछन्। 

ग्रामीण क्षेत्रमा विभिन्न ईन्टरनेट सेवाप्रदायक संस्थाहरुले सेवा प्रवाह गरिसकेपछि विद्युतीय वित्तिय सेवा सम्भव भएको बिशालपुर सानाकिसान सहकारी संस्था बिशालपुर बैतडीका व्यवस्थापक अकबर रामलुहारले बताए। 
आगामी दिनमा सो सेवालाई निरनतरता दिनका लागि भरपूर्ण सहयोग रहने ग्रो–नेपाल सामाजिक ईनटरप्राईज प्रालीका प्रमुख प्रकाश सुवेदीले बताए। अस्टे«लियन सहयोग नियोगको बिपिपिगरी योजनाको आर्थिक सहयोग तथा प्रभु म्यानेजमेन्ट सँगको साझेदारीमा विद्युतीय वित्तिय शिक्षा तथा सामग्री सहयोग, सहकारीको क्षमता अभिबृद्धि गर्ने योजना रहेको सुवेदीले बताए। 

सहकारीलाई विद्यमान ऐन अनुसार थप जम्मेवार बनाउनका लागि लेखा सम्बन्धी, सुु–शासन सम्बन्धी, लैङ्गिक समावेशीकरण सम्बन्धी, सुरक्षित आप्रवासन सम्बन्धी र व्यवसायिक योजना सम्बन्धी तालिमहरुको आयोजना गर्ने योजना रहेको सुदूरपश्चिम प्रदेशका लागि ग्रो– नेपालका कार्यक्रम संयोजक बिष्णुप्रशाद बोहराले बताए। 
ग्रो–नेपाल सामाजिक ईन्टरप्राईज प्राली साना उद्यमी तथा सहकारी प्रर्बद्धनको क्षेत्रमा क्रियाशिल संस्था हो।

 

कमेन्ट लोड गर्नुस