सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको विशालनगरमा दर्जनौ घरमा डुबान, केही परिवार विस्थापित

२०७७ साउन १५, ०७:०८ खबर संवाददाता

धनगढी : साउने झरीले धनगढीमा पनि डुवान भएको छ। धनगढी उप–महानगरपालिकाको बजार क्षेत्रकै वडामा डुवान भएको हो। धनगढी उप–महानगरपालिकाको वडा नम्वर ३ स्थित विशालनगरमा समेत दर्जनौ घर डुवानमा परेका छन्।

स्थानीय टेकराज जोशीका अनुसार दर्जनौ घरमा पानी पसेपछि केही परिवार विस्थापित समेत भएका छन्। पानी निकासको व्यवस्था नहुँदा बर्षेनी डुवानको समस्या भोग्नु परेको उनले बताए। डुवानले विस्थापित भएकाहरु भने छिमेकी र आफन्तको घरमा बसिरहेका छन्। 

धनगढीमा सरकारी निकायकै संलग्नतामा खोलानालामाथि अतिक्रमण भएपछि डुवानको समस्या बढ्दै गएको हो। धनगढी भएर बग्ने अधिकासं खोलामा नीजि संरचना बनाईएको छ।

नगर विकास समितिले पनि खोलाकै जग्गा विक्री गरेको छ भने उप–महानगरपालिकाले समेत संरचना निर्माणका लागि स्विकृती दिएको छ। 

 

कमेन्ट लोड गर्नुस