कैलालीको मोहन्याल युवा क्लवले आयोजना गरेको रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन
धनगढी : कैलालीको गौरीगंगा नगरपालिकामा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको छ।
नगरपालिकाको वडा नम्बर ५ अण्डैयामा न्यु मोहन्याल युवा क्लवले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ४० पिन्ट रगत संकलन भएको स्थानीय युवा करन साउँद जानकारी दिए।
कोरोना भाइरस (कोभिड–१९) को महामारीमा रगतको अभाव हुने भन्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष छत्र विकले बताए।