सुदूरपश्चिममा एमालेका मन्त्री बर्खास्त
धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै मन्त्रीलाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री शाहले एमालेका चार जना मन्त्रीहरूलाई बर्खास्त गरेका हुन्।
यसअघि मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमालेका मन्त्रीहरूलाई सामूहिक रूपमा बोलाएर बजेटबारे पार्टीको आधिकारिक धारणा मागेका थिए।
उनले एक घण्टाभित्र बजेट पास गर्ने या सरकार छोड्ने बारे निर्णय दिन एमाले मन्त्रीहरूलाई अल्टिमेटम दिएका थिए।
शाहले सरकारमै बसेर बजेटको विरोध गर्नु उपयुक्त नभएको भन्दै कि बजेट पारित गर्न सहयोग गर्न, कि सरकारबाट बाहिरिन वा समर्थन फिर्ता लिन विकल्प दिएको एक घण्टा नपुग्दै एमालेका सबै मन्त्रीहरूलाई बर्खास्त गरेका छन्।