सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा गर्भवती हात्तीलाई विस्फोटक पदार्थ खुवाएर मार्ने पक्राउ

२०७७ जेठ २३, ०४:३८

नयाँदिल्ली : भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको अभियोगमा एकजना पक्राउ परेका छन्। राज्यका वनमन्त्री के राजुका अनुसार प्रहरी र वन विभागका कर्मचारीको संयुक्त टोलीले एकजनालाई पक्राउ गरेका हुन्। 

यद्यपि उक्त घटनामा अरु थुप्रै स्थानीयको संलग्नता भएको बुझिएको छ। छानविनका लागि वन विभागले तीन वटा टोली बनाएको छ। प्रहरीले पनि घटनाको छानविन गरिरहेको छ। 

एउटा गर्भवती हात्तीलाई स्थानीयले विस्फोटक पदार्थ (पटाका)ले भरिएको भुइँकटहर खुवाइदिएपछि हात्ती मरेको थियो। हात्तीले पटाका निलेपछि आत्तिँदै नदीमा पुगेको थियो। र तीन दिन सम्म पानीमै बसेको थियो। यो घटनाले भारत मात्रै नभएर छोटो समयमा विश्वभर नै चर्चा पायो। -ऐजेन्सी

कमेन्ट लोड गर्नुस