सुदूर नेपाललाई विश्वसँग जोड्दै

वडा अध्यक्षमाथि खुकुरी प्रहार गर्ने युवक पक्राउ

२०७७ जेठ ३, १२:४४ खबर संवाददाता

वडा अध्यक्षमाथी खुकुरी प्रहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

संखुवासभाको खाँदबारी नगरपालिका–५ का कार्यवाहक वडाअध्यक्ष श्यामप्रसाद निरौलामाथि  खुकुरी प्रहार गर्ने बीरबहादुर तामाङलाइ पक्राउ गरीएकाे प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शुक्रबार राति ८ बजेतिर वडा कार्यालय नजिकै कार्यवाहक अध्यक्ष निरौलामाथि स्थानीय बीरबहादुर तामाङले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए। 

अहिले अध्यक्ष निरौलाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ। पछाडिबाट खुकुरी प्रहार गरिएका निरौलाको टाउकोमा गम्भीर चोट लागेको छ। अहिले कार्यवाहक अध्यक्ष निरौला खतरामुक्त रहेको र टाउकोमा १० टाँका सिलाइ भएको जिल्ला अस्पताल खाँदबारीले जनाएको छ। कार्यवाहक अध्यक्षमाथि के कति कारणले आक्रमण भएको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस