सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरणः श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको आरोप

२०८१ भदौ ८, ०९:५१ खबर संवाददाता

एजेन्सीः अमेरिकामा बेपत्ता नर्स  ममता काफ्ले भट्टको हत्या उनकै श्रीमान् नरेशदत्त भट्टले गरेको प्रहरीको दाबी छ।

अदालतमा पेश गरेको कागजातमा उनको घरकै बेडरुममा हत्या गरेर शव बाहिर कतै घिसारेको प्रतिष्ठित समाचार संस्था सीएनएनले उल्लेख गरेको छ। सीएनएनले प्राप्त गरेका ती काजातमा घरकै बेडरुममा हत्या गरेको प्रमाणस्वरुप बेडरुम र बाथरुममा रगत देखिएको बताइएको छ।

अदालतले नर्स ममताको शव लुकाएको आरोप भट्टलाई लगाएको छ। उनको घरमा खोजी वारेन्ट जारी गरेपछि बिहीवार भट्टलाई पक्राउ गरिएको थियो र शुक्रवार अदालतमा उपस्थित भएका थिए। भट्टको अभियोग उजुरीमा भनिएको छ,  ’जुलाई ३०, २०२४ मा आरोपी नरेश भट्टले आफ्नी श्रीमती ममता भट्टको हत्या गरेका थिए।’

भर्जिनिया निवासी ममता ३ हप्ताभन्दा बढी समयदेखि बेपत्ता थिइन्। अनुसन्धानको क्रममा ममताको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फरेन्सिक प्रमाण बरामद भएको प्रहरीले जनाएको छ। नरेश पक्षका वकिलले हिंसाको इतिहास नरहेको भन्दै धरौटीमा छाड्नुपर्ने बताएका थिए।

यथेस्ट प्रमाण समेत नरहेको दाबी गर्दै उनले जीपीएस निगरानीमा छाड्न सकिने दलिल पेश गरेका थिए। आगामि सोमवार भट्टलाई अदालतमा उपस्थित गराउन आदेश दिइएको छ। प्रहरीले ममताको शव फेला पारे÷नपारेको कुरा अझै प्रस्ट्याएको छैन।
 

कमेन्ट लोड गर्नुस