सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

२०८१ भदौ २८, १०:०० खबर संवाददाता

धनगढीः कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ परेका छन्। बर्दगोरिया गाउँपालिका–२ बौनियागाउ बस्ने ४० वर्षीय रामबहादुर चौधरीसहित अन्य पाँच जना पक्राउ परेका हुन्।

चौधरीको घर खानतलासि गर्दा ४ ग्राम २१० मिलिग्राम लागूऔषध (खैरो हेरोईन), लागूऔषध नापतौल गर्ने डिजिटल तराजु थान–१, नगद ७  हजार ५५०, मोबाईल थान– ५ र लागूऔषध धुलो पोका पार्नको लागि बनाईएको कालो प्लास्टिकको टुक्रा ७६ थान फेला पारि बरामद गरिएको इलाका प्रहरी कार्यालय सडकपुरले जनाएको छ। उक्त सामान र लागूऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो।    

कमेन्ट लोड गर्नुस