सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट भन्सार छलीका सामान बरामद

२०८१ भदौ ९, ०७:२७ खबर संवाददाता

धनगढीः  कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, धनगढी–१५ कनरी, टीकापुर नगरपालिका–७ डाडाबोजी र गौरीगंगा नगरपालिक–१० उदासीपुरबाट भन्सार छलीका गरि ल्याएका २ लाख ३७ हजार ४० मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको हो।

प्याज, चिनी, मिश्री, सरप, साबुन, नरिवल, सुर्ती, मिठाई, किसमिस, दाल, चक्लेट, मसला, साडी, कुर्ती, ब्याट्री, १ थान मोटरसाइकल लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस