सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाबाट लागूऔषधसहित २ जना पक्राउ

२०८१ भदौ ९, ०८:०३ खबर संवाददाता

दार्चुलाः  दार्चुलाबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजार चौलानिपुलबाट लागुऔषधसहित २ जना पक्राउ परेका हुन्।

बैतडीबाट गोकुलेश्वर दार्चुला आइरहेको मोटरसाइकलाइ चेकजाँच गर्दा मोटरसाइकलमा सवार २० वर्षीय सुरज महरा र १७ वर्षीय किशोरलाइ इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेका दुबै जनाको साथबाट १ ग्राम लागूऔषधसहित नगद ३८ हजार ५६५ रुपयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस