सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा किशोरीमाथि बलात्कार, ६८ वर्षीय बृद्ध पक्राउ

२०७७ वैशाख ७, १२:०२ खबर संवाददाता

धनगढी : कञ्चनपुरमा एक किशोरीमाथि बलात्कारको आरोपमा बृद्ध पक्राउ परेका छन्। भीमदत्त नगरपालिका ११ का ६८ वर्षीय तारादत्त ओझालाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

यसैसात उनले १५ वर्षीया बालिका घरमा आएको मौका छोपेर बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा किटानी जाहेरी दिएको थियो। परिवारका सदस्य सबै गहुँ काट्न गएको मौका छोपी बृद्धले बालिकाको मुख थुनेर बलात्कार गरेको पीडित पक्षको आरोप छ। 

ओझा बिरुद्ध जबरजस्ती करणीको आरोपमा परेको किटानी जाहेरीका आधारमा आरोपीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रविन्द्र पौडेलले वृद्धलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइएको बताए।
 

कमेन्ट लोड गर्नुस